२१ आश्विन २०८२, मंगलवार
Follow Us

नेपालदेखि अमेरिका-अष्ट्रेलियासम्म: यस्तो छ टीका लगाउने साइत

नेपालब्रिटेन संवाददाता
१६ आश्विन २०८२, बिहीबार ०५:१३

काठमाडौँ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विजयादशमीका दिन विभिन्न देशमा टीका लगाउने शुभ साइत सार्वजनिक गरेको छ। समितिका अनुसार नेपालसहित विभिन्न मुलुकमा बसोबास गर्ने वैदिक सनातन धर्मावलम्बीहरूलाई लक्षित गरी स्थानीय समयअनुसार टीका साइत तोकिएको हो।

समितिकाका अनुसार विदेशमा रहेका नेपाली तथा हिन्दू धर्मावलम्बीहरूले टीकाको साइतबारे जिज्ञासा राखेकाले प्रत्येक देशको समयअनुसार सूचनालाई सार्वजनिक गरिएको हो।

नेपाल र भारतको साइत
नेपालका लागि असोज १६ गते बिहान ११:५३ बजे टीका लगाउने शुभ साइत तोकिएको छ। दिल्ली, भारतका लागि भने सोही दिन बिहान ११:४९ बजे साइत शुभ हुने समितिले जनाएको छ।

अमेरिका र क्यानडाका समय
अमेरिकाको विभिन्न शहरका लागि फरक–फरक साइत तोकिएको छ।

न्युयोर्कमा अक्टोबर १ तारिख बिहान ११:२५
फ्र्याङ्कर्फट, केन्टुकीमा बिहान ११:५७
टेक्सासमा बिहान ११:३३
वासिङ्टन डिसीमा बिहान ११:३५
क्यालिफोर्नियामा बिहान ११:११
कोलोराडोमा बिहान ११:२९ बजे साइत तोकिएको छ।
क्यानडाको टोरन्टोमा अक्टोबर १ का दिन बिहान ११:५५ र भ्यानकुभरमा ११:३३ बजे साइत तोकिएको समितिले जानकारी दिएको छ।

जापान, अष्ट्रेलिया र न्युजिल्यान्ड
टोकियो, जापानमा अक्टोबर २ का दिन बिहान ११:३१ बजे साइत तोकिएको छ। अष्ट्रेलियाका विभिन्न शहरमा पनि फरक–फरक साइत तोकिएको छ:

सिड्नी : बिहान ११:४३
मेलबर्न : बिहान ११:१९
ब्रीसवेन : बिहान ११:५३
एडिलेड : बिहान ११:३५
क्यानबेरा : बिहान ११:५१
पर्थ : बिहान ११:२५
डार्बिन : बिहान ११:४७ बजे

न्युजिल्यान्डको वेलिङ्गटनका लागि अक्टोबर २ का दिन बिहान ११:२३ बजे साइत शुभ रहेको समितिले जनाएको छ।

युरोपका मुलुकहरू
समितिका अनुसार युरोपका विभिन्न मुलुकका लागि पनि साइत निर्धारण गरिएको छ:
लिस्बन, पोर्चुगल : बिहान ०९:२३
लण्डन, बेलायत : बिहान ०९:१७
पेरिस, फ्रान्स : बिहान ०९:५७
ओस्लो, नर्वे : बिहान १०:०३
जेनेभा, स्विट्जरल्याण्ड : बिहान १०:२५
माल्टा : बिहान १०:५५ बजे साइत तोकिएको छ।

खाडी मुलुक र एसियाली मुलुकहरू
खाडी मुलुक र एशियाका केही देशमा पनि शुभ साइत सार्वजनिक गरिएको छ।
अबुधावी (युएई) : बिहान १०:५५
दोहा (कतार) : बिहान १०:१३
साउदी अरेबिया : बिहान १०:५५
क्वालालम्पुर (मलेसिया) : बिहान ११:११
बैंकक (थाइल्याण्ड) : बिहान १०:४५
सियोल (दक्षिण कोरिया) : बिहान १०:५७
सिङ्गापुर : बिहान ११:०९
हङकङ : बिहान ११:४५
याङ्गून (म्यानमार) : बिहान १०:२७
तेलअभिभ (इजरायल) : बिहान ११:३५ बजे साइत शुभ रहने जनाएको छ।

धार्मिक-सांस्कृतिक महत्त्व
समितिले विजयादशमीको टीका साइतलाई धार्मिक, सांस्कृतिक र सामाजिक एकताको प्रतीकका रूपमा रहेको बताएको छ। विभिन्न मुलुकमा बसोबास गर्ने नेपाली तथा हिन्दू धर्मावलम्बीहरूले आफू–आफ्नो स्थानीय समयअनुसार सहज रूपमा टीका ग्रहण गर्न सकून् भन्ने उद्देश्यले शुभ साइत सार्वजनिक गरिएको समितिले स्पष्ट पारेको छ।

धेरै पढिएको