२८ आश्विन २०८२, मंगलवार
Follow Us

आज सुनको मूल्य दुई लाख ४८ हजार ५०० रुपैयाँ

नेपालब्रिटेन संवाददाता
२८ आश्विन २०८२, मंगलवार ०५:४३

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा आठ हजार एक सय रुपैयाँले बढेर दुई लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुनको मूल्य तोलामा दुई लाख ४० हजार चार सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १०५ रुपैयाँले बढेर तोलामा २ हजार ३२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । सोमबार चाँदी तोलामा तीन हजार २२० रुपैयाँमा कारोबार भएको थियो ।

धेरै पढिएको