काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाश शरणले महामन्त्री गगन थापाको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन्।
जेनजी विद्रोहपछि नेतृत्व परिवर्तन गर्ने प्रयासमा रहेका थापाले सभापति शेरबहादुर देउवासहित एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष ‘प्रचण्ड’ले पनि राजनीतिबाट बिदा लिनुपर्ने अभिव्यक्ति दिएका थिए।
विधानको व्यवस्थालाई मध्यनजर राखेर पार्टी एकतालाई बलियो बनाउँदै महाधिवेशन गर्न सभापतिले दिएको भए पनि यस्ता अभिव्यक्तिले पार्टीलाई कमजोर पार्ने उनको भनाइ छ। कुनै पनि माध्यमबाट अर्को नेतृत्व आउनुपर्छ भन्नेमा ज्यादा ध्यान जाँदा पार्टीलाई एकताबद्ध गरेर लाने कुरामा पनि समस्या ल्याएको उनले बताए।
अहिलेको अवस्थामा पार्टीको एकता सबै भन्दा बढी महत्त्वपूर्ण कुरा रहेको उल्लेख गर्दै पार्टी सभापतिले कार्यवाहक तोकेर अबको महाधिवेशनमा सभापति नउठ्ने घोषणा गर्दा पनि नेतृत्वको बहस हुनु उचित नभएको बताए।