काठमाडौँ । आइसिसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले आज घरेलु टोली ओमानसँग खेल्दै छ।
खेल नेपाली समय अनुसार पौने ९ बजे सुरु हुनेछ। सुपर सिक्सको तालिकामा ओमान शीर्ष र नेपाल दोस्रो स्थानमा छ । दुवै टिमको समान ६-६ अंक रहेको छ । आज ओमानलाई हराएमा नेपालको आगामी टी-२० विश्वकपमा चयन हुने छ भने उपाधिकै नजिक पुग्ने छ । नेपाल अहिले समग्रमा तेस्रो र लगातार दोस्रो पल्ट टी-२० विश्वकप खेल्ने अभियानमा छ ।
नेपाल र ओमानबिचको खेलबाट दुईमध्ये एकको अपराजित यात्रा तोडिने छ । आइसीसी टी २० वरियतामा नेपाल १७ औँ स्थानमा छ भने ओमान २० औँ स्थानमा रहेको टिम हो । अहिलेसम्म नेपाल र ओमानबीच भएका ७ टी २० मा नेपालले ५ र ओमानले २ खेलमा जित निकालेका छन् । नेपालले अन्तिम खेलमा शुक्रबार सामोआसँग खेल्नेछ।