काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले चार नेतालाई सचिवालय सदस्यमा मनोनीत गरेको छ ।
भर्चुअल रूपमा शनिवार बसेको केन्द्रीय समिति बैठकले सोबिता गौतम , गणेश पराजुली , शिशिर खनाल र हरि ढकाललाई सचिवालय सदस्य मनोनीत गरेको हो । चारै जनालाई कार्यवाहक सभापति डिपि अर्यालले मनोनीत गरेका हुन् ।
रास्वपा सचिवालयका अनुसार आमन्त्रित सचिवालय सदस्यको रूपमा रहेका उनीहरू चारै जनालाई सचिवालय सदस्यमा ल्याइएको हो । यसअघि रास्वपामा १० जना सचिवालय सदस्य थिए । अब भने १४ जनाको सचिवालय बनेको छ ।