१२ कार्तिक २०८२, बुधबार
Follow Us

‘नर्थहोल्ट टेन के रन’ का लागि दर्ता हुनेको संख्या ५०० कट्यो

नेपालब्रिटेन संवाददाता
११ कार्तिक २०८२, मंगलवार २१:००

लन्डन— नेपाल रन युके द्वारा बेलायतको नर्थला पार्क, नर्थहोल्टमा आउँदो २ नोभेम्बर बिहान ९:३० बजे हुन लागेको नर्थहोल्ट टेन के रनमा सहभागी हुन ५०० बढी सहभागी दर्ता भएका छन् ।

नेपाली समुदायको स्वास्थ्य तथा तन्दुरुस्ती उत्सवको रुपमा हेरिएको यो दौडमा नेपाल झल्काउने स्वयम्भु स्तुपा , तोरण र झण्डाहरुले सजाउने गरिएको छ ।

। दौड कार्यक्रमको दिन ९ बजे केटाकेटीका लागि ‘चिल्ड्रेन टु के फन रन’ पनि हुंदैछ । दौडमा दर्शकहरुको संख्या उल्लेख्य रहने आयोजकको अपेक्षा छ । रनको प्रमुख प्रायोजक ए स्टार फाइनान्सियल सलुसन्स यूके रहेको छ । अन्य प्रमुख सहयोगी संस्थाहरुमा रियल ड्रिम्स एडुकेसन कन्सल्टेन्सी, एइएसएन रिक्रुटमेन्ट , मेक्सवर्थ एकाउन्टेन्ट्स, एनआरएनए युके, भोजपुर समाज , मोमो हाउस ३६५ तथा सह प्रायोजकहरुमा एसएनपी प्लस एकाउन्टिंग, किरात राइ यायोक्खा ,राजन लामिछाने, सरोज थेरापी , शिभम कन्स्ट्रक्सन, भिष्म कन्स्ट्रक्सन, गोर्खा किचेन लगायत रहेका छन्। कार्यक्रम सहयोगीमा एनबिसी युके, चित्र गुरुङ रहेका छन् ।

उक्त रनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपाल रनका प्रमुख कोच सन्तोष राईले स्पन्सर र सहयोगीहरुलाई धन्यवाद व्यक्त गर्दै दौडको दिन ख्याल गर्नु पर्ने महत्वपुर्ण जानकारी प्रस्तुत गरेका थिए । त्यस्तै संस्थाका संयोजक पाण्डव महतोले दौडको तयारीबारे जानकारी दिएका थिए ।

समुदायमा स्वास्थ्य र तन्दुरुस्तीको चेतना जगाउने, नेपालको पर्यटन तथा संस्कृति प्रवर्द्धन गर्ने, नेपाली खेलाडीहरुलाई सहयोगसाथै बैकुण्ठ मानन्धरले सुरु गरेको जुम्लामा ‘हाइ अल्टिच्युड ट्रेनिङ्ग क्याम्प’ बनाउन र हेल्प नेपाल नेटवर्कको सहयोगार्थ आयोजित नर्थहोल्ट १० के को मुख्य उद्देश्य रहेको नेपाल युकेका संस्थापक मध्येका एक तथा सचिव जगन कार्कीले बताए ।

लन्डनमा नेपाली समुदायले आयोजना गर्ने यो रनमा विश्वभरबाट भर्चुअल रुपमा सहभागी भै नतिजा पठाउन पनि सकिने बताइएको छ । दौड सम्पन्न गर्ने सबैले टिसर्ट र भेस्ट प्राप्त गर्ने छन् भने विजेताले ट्रफी, प्रमाण पत्र साथै नेपालमा हुने प्रख्यात अन्नपूर्ण म्याराथन र एभरेस्ट म्याराथनको लागि स्थान प्राप्त गर्ने छन् ।

धेरै पढिएको