१३ कार्तिक २०८२, बिहीबार
Follow Us

नेकपा एसको बैठकमा उठ्यो सडकबाटै कम्युनिष्ट सरकार बनाउनुपर्ने माग

नेपालब्रिटेन संवाददाता
१३ कार्तिक २०८२, बिहीबार १३:५२

काठमाडौं । नेकपा एसको बैठकमा सेना र प्रहरीका विरुद्ध विद्रोह गर्नुपर्ने र सडकबाटै कम्युनिष्ट सरकार बनाउनुपर्ने माग उठेको छ ।

पोलिटब्युरो सदस्य हिमाल खरेलले उक्त माग गरेका हुन् । माओवादी पृष्ठभूमिबाट नेकपा एसमा प्रवेश गरेका खरेलले बिहीबारको बैठकमा आफ्नो धारणा राख्दै उक्त कुरा बताएका हुन् ।

उनले वामपन्थीबीचको एकता आवश्यक रहेको भन्दै उक्त एकतापछि कम्युनिष्ट पार्टीसम्वद्ध सेनासहितको सरकार गठन गर्नुपर्ने बताए ।

अहिलेको राष्ट्रिय सेना र प्रहरीले कम्युनिष्ट पार्टी, तिनका नेता, कार्यकर्ताको सुरक्षा दिन नसक्ने भन्दै उनीहरुविरुद्ध विद्रोह गर्नुपर्ने उनको भनाइ थियो । चिनियाँ जनमुक्ति सेनाको मोडलमा जानुपर्ने उनको धारणा थियो ।

वामपन्थी पार्टीबीचको एकताको मतलब कुनै एक, दुई घटकबीच हैन, समग्र वामपन्थी शक्ति एक नभए अबपछिका दिनहरू सहज नहुने उनको निचोड थियो । त्यसका निम्ति वृहत् वाम एकताको कार्यक्रम अगाडि ल्याउनुपर्ने उनको माग थियो ।

धेरै पढिएको