 नेपालब्रिटेन संवाददाता
                    नेपालब्रिटेन संवाददाता 
            
            काठमाडौँ । नक्कली कागजात बनाएर विदेश जान खोज्ने व्यक्तिहरूलाई अध्यागमन कार्यालयले फिर्ता गरेको छ । पछिल्लो तीन महिनाको अवधिमा अफलोड गरिएकाहरूबाट २२६ राहदानी बरामद गरिएको छ ।
अफलोड गरिएकाहरूलाई भने नियन्त्रणमा नलिई उनीहरूका शंकास्पद कागजात मात्रै नियन्त्रणमा लिएर अनुसन्धान गर्ने गरिएको अध्यागमन विभागले बताएको छ ।
पछिल्लो तीन महिनामा बरामद भएका २२६ पासपोर्टमध्ये १०६ पासपोर्ट छानबिन गरेर सम्बन्धित व्यक्तिलाई फिर्ता गरिएको छ । बाँकी १२० पासपोर्ट भने अनुसन्धानका लागि भन्दै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र मानव बेचबिखन अनुसन्धान ब्युरोमा पठाइएको विभागले जनाएको छ ।
यसअघि भिजिट भिसामा जाने नागरिकलाई ६ बुँदे प्रावधान कायम रहेकोमा त्यसैलाई आधार बनाउँदै अनियमितता हुने गरेको भन्दै अहिले भने त्यो प्रावधान खारेज गरिएको छ ।