१६ कार्तिक २०८२, आईतवार
Follow Us

आज पनि बस्दै माओवादी केन्द्रको सचिवालय बैठक

नेपालब्रिटेन संवाददाता
१६ कार्तिक २०८२, आईतवार ०५:०१

काठमाडौँ । नेकपा माओवादी केन्द्रको सचिवालय बैठक आज पनि बस्ने भएको छ । विभिन्न पार्टीसँग एकता गर्ने विषयमा छलफल गर्न हिजो सुरु भएको बैठक आज पनि बस्न लागेको हो।

अहिले केहीबेरमा पार्टी कार्यालय पेरिस डाँडामा सुरु हुने बैठकले एकताबारे ठोस निर्णय गर्ने बताइएको छ। माओवादीसँग नेकपा एकीकृत समाजवादी, महेन्द्र राय यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेकपा एमाले छोडेका प्रेमबहादुर सिंह र राजु कार्की नेतृत्वको नेकपा (समाजवादी) र सुवाष काफ्ले नेतृत्वको जन समाजवादीबीच एकता हुँदैछ।

आजको बैठकले औपचारिक निर्णय गरेपछि यही कात्तिक १७ गते बस्ने महाधिवेशन आयोजक समितिको बैठकले पार्टी एकताबारे टुंगो लगाउने बताइएको छ ।

धेरै पढिएको