१६ कार्तिक २०८२, आईतवार
Follow Us

सेयर बजारमा दोहोरो अंकको वृद्धि

नेपालब्रिटेन संवाददाता
१६ कार्तिक २०८२, आईतवार १२:४२

काठमाडौं । आइतबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । आइतबार नेप्से परिसूचक ३०.७५ अंकले बढेर २ हजार ६ सय ३१ विन्दुमा पुगेको छ ।

अन्तिम बारोबार दिन बिहीबार ७ अर्ब ५१ करोड रुपैयाँको कारोबार भएकोमा आइतबार कारोबार रकम बढेर ९ अर्ब २० करोड रुपैयाँ पुगेको छ ।

यस दिन कारोबार भएका सबै समूहको मूल्य वृद्धि भएको छ । वित्त कम्पनी समूह ५.१७ प्रतिशत र जीवन बीमा समूह ४.३५ प्रतिशतले बढेका छन् ।

कुल ३ सय १९ वटा कम्पनीको सेयर कारोबार हुँदा २ सय ३७ कम्पनीको मूल्य वृद्धि भएको छ । ७० कम्पनीको घटेको छ भने बाँकी स्थिर छ ।

यस दिन छ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट ब्रेक लागेको छ । ती कम्पनीमा सामुदायिक लघुवित्त, गोर्खाज फाइनान्स, पञ्चकन्या माइ हाइड्रो, तेह्रथुम पावर र गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स छन् ।

सबैभन्दा ठूलो कारोबार हिमालयन बैंकको संस्थापक सेयरमा भएको छ । बैंकको १ अर्ब ६६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।

धेरै पढिएको