काठमाडौं । नेपाल प्रहरीका पाँच जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गरिएको छ ।
गृह मन्त्रालयका अनुसार, भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अविनारायण काफ्लेलाई डीआईजीमा बढुवा गर्ने निर्णय गृहमन्त्री ओमप्रकाश अर्यालले गरेका हुन् ।
बढुवापछि पदस्थापन यसरी गरिएको छः
भुपेन्द्र खत्री – केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)
सानुराम भट्टराई – अपराध अनुसन्धान विभाग
ओम अधिकारी – उपत्यका प्रहरी कार्यालय
शेखर खनाल – अख्तियार दुरुपयोग अनुसन्धान आयोग
अविनारायण काफ्ले – प्रहरी महानिरीक्षकको सचिवालय
गत ९ कात्तिकमा उनीहरूलाई बढुवाका लागि सिफारिस गरिएको थियो । यससँगै सरकारले पाँच जना एसएसपीलाई डीआईजी पदमा बढुवा गरेको छ ।