काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो १ बजे बस्दै छ। पटक-पटक स्थगित भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बस्ने भएको हो ।
बैठक आज दिउसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारी दिए ।
बैठकमा महाधिवेशनको कार्यतालिकाबारे छलफल हुनेछ । जसमा संस्थापन र संस्थापन इतर दुवै पक्षले आ-आफ्नो प्रस्ताव पेश गर्ने तयारी गरेका छन्। संस्थापन इतर मंसिर मसान्तभित्र र संस्थापन पक्ष फागुन २१ गतेपछिको महाधिवेशनको पक्षमा छन्।