२० कार्तिक २०८२, बिहीबार
Follow Us

विदेशमा रहेका नेपालीको मताधिकारका लागि चारवटा कानून संशोधन गर्न सुझाव

नेपालब्रिटेन संवाददाता
२० कार्तिक २०८२, बिहीबार १३:०८

काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपालीहरुले भोट हाल्न पाउने ब्यवस्थाका लागि ४ वटा कानून सुधार गर्न सुझाउ दिएको छ ।

आयोगले निर्वाचन आयोग ऐन, मतदाता नामावली ऐन, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन र निर्वाचन (कसुर तथा सजाय) ऐनमा संशोधन गर्नुपर्ने भन्दै गृह मन्त्रालयलाई जानकारी दिएको हो ।

निर्वाचन आयोगको रायले सरकारलाई विदेशमा रहेका मतदातालाई मताधिकार दिन अध्यादेश ल्याउन बाटो खुलेको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ विदेशमा रहेका मतदातालाई कसरी सहभागी गराउने, त्यसका लागि कानूनी, प्राविधिक र व्यवस्थापकीय सबै पक्षमा सरकारले अध्ययन गरिरहेको बेला निर्वाचन आयोगले कानुनमा आवश्यक पर्ने सुधारका विषय सरकारलाई सुझावका रूपमा पठाएको हो ।

यसअघि, गृह मन्त्रालयले आयोगसँग निर्वाचन कानूनका बारेमा सुझाव मागेको थियो ।

धेरै पढिएको