२५ कार्तिक २०८२, मंगलवार
Follow Us

सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा पवन कुमार आचार्य नियुक्त

नेपालब्रिटेन संवाददाता
२५ कार्तिक २०८२, मंगलवार १३:११

काठमाडौँ । पवन कुमार आचार्य सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् ।

हिजो बसेको सानिमा बैंकको सञ्चालक समितिको बैठकको निर्णयअनुसार माघ १२ गतेदेखि लागू हुने गरी आचार्य प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।

ललितपुरका आचार्य, २०६० सालमा सानिमा बैंकको स्थापनाकालदेखि नै बैंकमा कार्यरत रही बैंकिङ्ग क्षेत्रमा २१ वर्ष लामो अनुभव सङालेका छन् ।

हाल उनी सानिमा बैंकको नायव प्रमुख कार्यकारी अधिकृतको रूपमा जिम्मेवारी निभाउँदै आएका छन् ।

यस अघि पनि बैंकको दशवटा विभागमा उनले विभागीय प्रमुखका रूपमा राम्रो अनुभव बटुलेका थिए । उनको कर्जा मूल्याङ्कन, डिजिटलाइजेसन तथा परियोजना लगानीमा विज्ञता रहेको छ । साथै, उनी सानिमा बैंकको सहायक कम्पनी सानिमा क्यापिटलमा सञ्चालक समितिमा अध्यक्षका रूपमा कार्यरत छन् ।

यसबाहेक पनि उनको प्रोडक्सन इन्जिनियरमा चार वर्ष र भिजिटिङ फ्याकल्टीमा पाँच वर्षको अनुभव रहेको छ ।

आचार्यले अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर र मा इन्जिनियरिङ्गमा स्नातक डिग्री हासिल गरेका छन् । उनको कार्यकालमा बैंक थप सफलताको उचाइमा पुग्न सफल हुने बैंकले विश्वास लिएको जनाएको छ ।

धेरै पढिएको