२७ कार्तिक २०८२, बिहीबार
Follow Us

प्रचण्डविरुद्ध प्रवास संगठनका १० भाईको बिद्रोह

नेपालब्रिटेन संवाददाता
२७ कार्तिक २०८२, बिहीबार ०२:२५

लण्डन । विघटित नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ओम शर्मा लगायत विदेश शाखामा रहेका १० जना नेता तथा कार्यकर्ताहरुले पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध विद्रोह गर्दै पार्टी त्याग गरेका छन् ।

प्रचण्डले हालै माधव नेपालसँग पार्टी विसर्जन गरिए पछि माओवादी केन्द्र विघटन गरेर नेपाली कम्युनिस्ट पार्टीमा एकता गराएसँगै उनले प्रचण्डको साथ छाडेका हुन् ।

पछिल्लो समय भने उनी पार्टीमा एसिया प्रवास संगठन समिति इन्चार्ज रहेका शर्मासहित केन्द्रीय सदस्य एवं भारत प्रवास इन्चार्ज लक्ष्मण पन्त, अन्तरमहादेशीय कोषाध्यक्ष सागर पोखरेल, एसिया संगठन समिति सदस्य रामहरि पुडासैनी, अन्तरमहादेशीय समिति सदस्य धर्मराज खतिवडा, बाबुराम सापकोटा, नेपाली प्रगतिशील मञ्च बेल्जियमका प्रवक्ता दिल निशानी मगर, नेपाली प्रगतिशील मञ्च अष्ट्रेलियाका महासचिव ई. प्रतिक पोखरेलले पनि प्रचण्डको साथ छाडेका हुन् ।

उनीहरुले एक विज्ञप्ति मार्फत जेन्जी आन्दोलनको भावना र चाहाना अनुरुप देशभक्त, वामपन्थी, जनतान्त्रिक, प्रगतिशिल र जनमुखी शक्तिहरुलाई नयाँ बाटोमा गोबन्द गर्न निमार्ण गरिएको प्रगतिशील राष्ट्रिय अभियान नेपालमा लामबद्ध हुन् अपिल गरेका छन् ।

धेरै पढिएको