काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेकोअनुसार आज (मङ्सिर) १ गते दिउँसो ११:०० बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भनिएको बैठक मङ्सिर ४ गते बिहीबार दिउँसो २:०० बजे बस्ने भएको छ ।
उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सात वटै प्रदेश कार्यसमितिका सभापतिको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले जानकारी दिए।
निरन्तरको स्थगितले कांग्रेसभित्रको आन्तरिक तयारी र छलफलमा केही ढिलाइ भएको संकेत मिलेको छ । यो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातवटै प्रदेश कार्यसमितिका सभापतिहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ ।
कांग्रेसभित्र ‘नियमित महाधिवेशन कि विशेष महाधिवेशन’ भन्ने विषयमा जारी गहन बहसले गर्दा पार्टीले कुनै ठोस निर्णय लिन सकेको छैन । असोज २८ गतेदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकका श्रृंखलाबद्ध स्थगितले पार्टीको आगामी दिशा र रणनीति तय गर्न थप समय लाग्ने देखिएको छ ।