४ मंसिर २०८२, बिहीबार
Follow Us

दुर्गा प्रसाईँलाई अदालत उपस्थित गराउन सर्वोच्चको आदेश

नेपालब्रिटेन संवाददाता
४ मंसिर २०८२, बिहीबार १२:४९

काठमाडौँ । सर्वोच्च अदालतले दुर्गा प्रसाईँलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ । आफ्ना बाबुलाई गैरकानूनी थुनामा राखिएको भन्दै प्रसाईँका छोराले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए ।

न्यायाधीश मेघराज पोखरेलको इजलासले प्रसाईँलाई थुन्नुको कारण पेश गर्न आदेश दिँदै उनलाई सर्वोच्च अदालतमा उपस्थित गराउन भनेको हो ।

प्रसाईँलाई सार्वजनिक शान्तिमा खलल पुर्‍याउने गरी अभिव्यक्ति दिएको आरोपमा प्रहरीले मध्यरात पक्राउ गरेको थियो । भक्तपुरस्थित निवासबाटै पक्राउ परेका प्रसाईँ अहिले जिल्ला प्रहरी परिसर, काठमाडौँको हिरासतमा छन् ।

धेरै पढिएको