४ मंसिर २०८२, बिहीबार
Follow Us

सुशीला कार्कीलाई प्रधानमन्त्रीबाट हटाउन माग गर्दै जेनजीले बुझाए राष्ट्रपतिलाई ज्ञापनपत्र

नेपालब्रिटेन संवाददाता
४ मंसिर २०८२, बिहीबार १२:५५

काठमाडौँ । जेनजी समूहले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारलाई फिर्ता बोलाउन माग गरेका छन् । जनताका अपेक्षाहरू पूरा गर्न नसकेको आरोप लगाउँदै जेनजी समूहले सरकारलाई फिर्ता बोलाउन माग गरेका हुन् ।

बिहीबार २३ वटा जेनजी समूहले राष्ट्रपति कार्यालयमा ज्ञापनपत्र दर्ता गराउँदै सरकारको नेतृत्व परिवर्तनको माग गरेका हुन् । ज्ञापन पत्रमा जेनजी समूहले कार्की नेतृत्वको सरकारलाई विद्रोहको मूल मागहरू पूरा नगरेको आरोप लगाएका छन् ।

ज्ञापन पत्रमा भनिएको छ, ‘विद्रोहको जगमा बनेको सरकारले विद्रोहीको न्यूनतम अपेक्षाहरू पूरा गर्नुको सट्टा केवल चुनाव मात्र गराउने प्रयास गरिरहेको छ, जसले सरकारलाई दिशाहीन बनाएको छ। यो विद्रोह केवल अर्ली इलेक्सनको लागि थिएन, त्यसैले हामी हाम्रो नेतृत्वमा नयाँ सरकार गठनका लागि मध्यस्थता गर्न अनुरोध गर्दछौँ ।’

धेरै पढिएको