११ मंसिर २०८२, बिहीबार
Follow Us

जेन जेड आन्दोलनमा तोडफोड र आगजनीमा संलग्न ५९५ जना पक्राउ

नेपालब्रिटेन संवाददाता
११ मंसिर २०८२, बिहीबार १२:०२

काठमाडौँ । जेन जेड आन्दोलनका क्रममामा तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा ५९५ जना पक्राउ परेका छन् । गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार पक्राउ परेकामध्ये २८३ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित समितिको बैठकलाई गृहमन्त्री अर्यालले बिहीबार यस्तो जानकारी दिएका हुन् । २३ र २४ भदौमा जेन जेड आन्दोलन भएको थियो । खासगरी २४ भदौमा सरकारी, सार्वजनिक र निजी सम्पत्तिमा समेत तोडफोड र आगजनी भएको थियो ।

भ्रष्टाचार नियन्त्रण र सुशासनको माग राखेर भएको आन्दोलनका क्रममा तोडफोड र आगजनी गर्नेविरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ । सार्वजनिक भिडियो फुटेज लगायतका आधारमा प्रहरीले तोडफोड र आगजनीमा संलग्नलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गर्दै मुद्दा दर्ता प्रक्रिया अगाडि बढाएको छ । यसक्रममा पक्राउ परेका ५९५ जनामध्ये २८३ जनाबिरुद्द मुद्दा दर्ता भएको हो । उनीहरूविरुद्ध के कस्तो कसुरमा मुद्दा दर्ता भएका छन् त्यो भने गृहमन्त्री अर्यालले खुलाएका छैनन् ।

धेरै पढिएको