काठमाडौँ। मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोज कुमार यादवविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा राखिएको छ ।
न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा आज मुद्दाको सुनुवाइ हुँदा नसकिएकाले १५ गतेको लागि हेर्दाहेर्दैमा अर्को पेसी तोकिएको हो । यसअघि बिहीबार पनि मुद्दा आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।