९ माघ २०८२, शुक्रबार
Follow Us

गगन थापाद्वारा क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक आह्वान

नेपालब्रिटेन संवाददाता
१६ मंसिर २०८२, मंगलवार १२:४९

काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक बोलाएका छन् ।

भोलि बिहान ११ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरी महामन्त्री थापाले बैठक बोलाएका हुन् ।

हिजो बसेको केन्द्रीय समिति बैठकले पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ । बैठकले नियमित १५ औँ महाधिवेशन गर्ने निर्णय गरेसँगै क्रियाशील सदस्यताको विषय टुंग्याउनुपर्ने दबाब छ ।

समितिमा केन्द्रीय सदस्यहरू योगेन्द्र चौधरी, सीता गुरुङ र प्रकाश रसाइली (स्नेही) सदस्य रहेका छन् ।

धेरै पढिएको