९ माघ २०८२, शुक्रबार
Follow Us

प्रतिनिधिसभा निर्वाचनः कांग्रेस महामन्त्री गगन थापाको नाम रोल्पाबाट सिफारिस

नेपालब्रिटेन संवाददाता
२३ मंसिर २०८२, मंगलवार १३:१३

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि कांग्रेसका महामन्त्री गगन थापाको नाम रोल्पाबाट सिफारिस गरिएको छ ।

कांग्रेस जिल्ला कार्यसमितिको मंगलबार बसेको बैठकले महामन्त्री थापाको नाम आगामी फागुन २१ मा हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सिफारिस गर्ने निर्णय गरेको एक नेताले जानकारी दिएका छन ।

कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनका स्वकीय सचिव अनुपम जीसीले महामन्त्री थापासँगै अन्य चार जनाको नाम पनि प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिस गर्ने निर्णय भएको जानकारी दिए ।

उनका अनुसार रोल्पाबाट महामन्त्री थापसँगै प्रदेश सभापति अमरसिंह पुन, महासमिति सदस्य मनोजमणी आचार्य, डा। मन्दिप सुवेदी, र ज्ञानबहादुर ओलीको नाम सिफारिस गरिएको छ ।

धेरै पढिएको