काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग जेन जेड आन्दोलनका अगुवा सुदन गुरुङले आज भेट गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा भएको भेटमा गुरुङले सरकार र जेन जेडबीच हुन लागेको सम्झौतामा भएको प्रगतिबारे चासो राखेका हुन्।
जेन जेड आन्दोलनलाई वैधता दिने गरी सम्झौताको प्रक्रिया चाँडो टुंग्याउनुपर्ने र राष्ट्रपतिसमक्ष हस्ताक्षर गर्नुपर्ने उनको भनाइ थियो।
यस्तै उनले आन्दोलनमा गएकै कारण कतिपय युवालाई प्रहरीले धरपकड गरेको, धरौटी तिर्ने रकम नभएर पनि पुर्पक्षका लागि थुनामा जानुपरेको गुनासो गरेका छन्। गुरुङसँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन साहका सचिवालय सदस्य कुमार बेन पनि प्रधानमन्त्री कार्कीलाई भेट्न सिंहदरबार पुगेका थिए ।