२४ पुष २०८२, बिहीबार
Follow Us

कुलमान र हितेन्द्रबिच भेट

नेपालब्रिटेन संवाददाता
२५ मंसिर २०८२, बिहीबार १३:११

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङबीच भेटवार्ता भएको छ ।

अदालतको आदेशपछि बुधबार प्राधिकरण फर्किएर पदबहाली गरेका शाक्यले आज बिहीबार मन्त्री घिसिङसँग भेटवार्ता गरेका हुन ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न आदेश दिएको थियो ।

सर्वोच्च अदालतको परमादेशपछि प्राधिकरणको प्रबन्ध निर्देशक पदमा पुनर्बहाली भएसँगै शाक्यले बुधबार पदबहाली गरेका थिए।

धेरै पढिएको