२८ मंसिर २०८२, आईतवार
Follow Us

एमाले महाधिवेशनको बन्दसत्र आजदेखि, भृकुटीमण्डपमा प्रतिनिधिको चहलपहल

नेपालब्रिटेन संवाददाता
२८ मंसिर २०८२, आईतवार ०३:३९

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औं महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा सुरु हुँदैछ । बिहान ८ः०० बजे बोलाइएको महाधिवेशनको बन्दसत्र १२ः३० बजे हुने प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए । केन्द्रीय कमिटी बैठक राखिएकाले बन्दसत्र सरेको हो ।

शनिबारदेखि सुरु भएको महाधिवेशनको बन्दसत्र आजदेखि हुँदैछ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । यस्तै, एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अहिले बिहान ९ बजे महाधिवेशनको पार्टी ११औँ राष्ट्रिय महाधिवेशन बन्दसत्रस्थल भृकुटीमण्डपमा केन्द्रीय कमिटी बैठक बोलाइएको जानकारी दिए ।

उनले पार्टीको विधान संशोधनसहित समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको बताए ।

धेरै पढिएको