२८ मंसिर २०८२, आईतवार
Follow Us

एनआरएनए महाधिवेशन : स्टेरिङ कमिटीको दोस्रो बैठक आज

नेपालब्रिटेन संवाददाता
२८ मंसिर २०८२, आईतवार ०५:२६

लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशनको तयारीका लागि गठन गरिएको स्टेरिङ कमिटीको दोस्रो बैठक आज (आइतबार) बस्ने भएको छ।

गैरआवासीय नेपाली संघका पूर्व महासचिव तथा कमिटी सदस्य रतन झाका अनुसार समितिको बैठक नेपाली समयअनुसार दिउँसो ५ बजे बस्ने तयारी गरिएको छ।

बैठकमा सदस्यता वितरण, कार्यविभाजन, उपसमिति गठन लगायतका एजेन्डामा छलफल गर्ने तयारी गरिएको छ ।

गैरआवासीय नेपाली संघको १२औँ महाधिवेशन आगामी फेब्रुअरी महिनामा हुने अपेक्षा गरिएको छ।

स्टेरिङ कमिटीमा अध्यक्षद्वय डा. बद्री केसी (रुस) र महेश कुमार श्रेष्ठ (जापान) सहित रतन झा (अमेरिका), गौरीराज जोशी (अमेरिका), इन्द्र बन (अस्ट्रेलिया), गंगाधार गौतम (बेल्जियम), विनोद श्रेष्ठ (अस्ट्रेलिया), भवानी ओली (अस्ट्रेलिया), आर.के. शर्मा (कतार), विनोद कुँवर (कोरिया) र बी.आर. लामा (अमेरिका) सदस्य रहेका छन्।

धेरै पढिएको