२९ मंसिर २०८२, सोमबार
Follow Us

चोरीको आरोपमा समातिएका युवकको प्रहरी हिरासतमा मृत्यु

नेपालब्रिटेन संवाददाता
२९ मंसिर २०८२, सोमबार ०६:२२

काठमाडौँ । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपालिका-१२ ढाड पाखाका २१ वर्षीय दुधराज तामाङको मृत्यु भएको हो ।

तामाङ करिब बिहान ४ बजे हिरासतको शौचालयमा झुन्डिएरको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मंगलटारले जनाएको छ ।

प्रहरीका अनुसार उनी चोरीको आरोपमा आइतबार मात्रै प्रहरीले पक्राउ गरेको थियो । अहिले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

धेरै पढिएको