ताजा खबर
रास्वपाको समानुपातिक सूचीमा परिन् गायिका सत्यकला राई
काठमाडौँ। ‘तिमीलाई हङकङ पुर्यायो आइडी काडैले’लगायत दर्जन बढी चर्चित गीत गाएकी गायिका सत्यकला राई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक तर्फको उम्मेदवारको प्रारम्भिक सूचीमा परेकी छन् ।
खोटाङबाट उनको नाम आदिवासी जनजाति सूचीमा सिफारिस भएको छ । उनी चलचित्र निर्माता नबल खड्काकी श्रीमती हुन् ।
सांगीतिक कार्यक्रम र भेटघाटका लागि अमेरिकामा रहेकी राईले रास्वपाको समानुपातिक उम्मेदवारको प्रारम्भिक सूचीमा परेको जानकारी दिइन् । निर्वाचित भएर काम गर्ने इच्छा रहेको पनि बताइन् ।
रास्वपाले प्रारम्भिक सूचीमा रहेका उम्मेदवारहरूसँग पुस ५ गते छलफल गर्ने छ । तर अमेरिकामा रहेकी राई भने छलफलमा सहभागी हुने छैनन् ।
नेपाल फर्किएपछि थप छलफल गर्ने उनले बताइन् । रास्वपाले सार्वजनिक गरेको उम्मेदवारको सर्टलिष्टमा खोटाङबाट राईको मात्रै नाम छ ।

