६ पुष २०८२, आईतवार
Follow Us

अमेरिकाबाट फेरि एक नेपाली डिपोर्ट

नेपालब्रिटेन संवाददाता
६ पुष २०८२, आईतवार १२:३३

काठमाडौँ । अमेरिकाबाट डिपोर्ट भएका एक जना शनिबार काठमाडौँ आइपुगेका छन् । अमेरिकी सरकारको नीतिअनुसार फिर्ता भएका ती व्यक्ति हिजो (शनिबार) मात्रै काठमाडौँ आइपुगेका अध्यागमन विभागले जानकारी दिएको छ ।

उनको विवरणबारे विभागले भने केही जानकारी दिएको छैन । गत बिहीबार मात्रै ७५ जनालाई चाडर्ट विमानमार्फत् डिपोर्ट गरेर काठमाडौँ ल्याइएको थियो ।

जसमा ३ महिला र ७२ पुरुष थिए । उनीहरूमध्ये २ जना भिजिट भिसामा गएका, एक जना पीआर नवीकरण नगरेका र बाँकी अवैध तरिकाले अमेरिका छिरेकाहरू छन् ।

बिहीबार डिपोर्ट भएका ७५ जना र शनिबार फर्केका १ गरी ७६ जना मध्ये अहिलेसम्म कसैले पनि जाहेरी नदिएको मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण पंगेनीले जानकारी दिए ।

धेरै पढिएको