२१ पुष २०८२, सोमबार
Follow Us

पण्डित कुँवेर सुवेदीद्वारा वृन्दावनमा साधुसन्तहरुलाई प्रसाद वितरण

नेपालब्रिटेन संवाददाता
१९ पुष २०८२, शनिबार २०:४६

लण्डन। धर्मदर्शन फाउण्डेशनका संस्थापक तथा चर्चित पण्डित कुँवेर सुवेदीले भारतस्थित वृन्दावन धाममा रहेका साधु–सन्त र गुरुजनहरूलाई प्रसाद तथा दक्षिणा प्रदान गरेका छन्।

सुवेदीले श्रीस्वस्थानी पूर्णिमाको पावन अवसरमा शनिवार प्रसाद भण्डारा सेवा अर्पण गरेका हुन्। उनले आफ्नो छोटो भ्रमणको दौरान सानो सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै यसलाई जीवनभरको अकल्पनीय सौभाग्य भनेका छन्।

तुलसी वाटिका आश्रम, चामुण्डा कॉलोनी, वृन्दावनमा उत्तरपरम पूज्य स्वामी श्री गोविन्द शरण महाराजको करुणामय सान्निध्यमा गरिएको यो सेवा जीवनभर स्मरणीय रहिरहने पुण्यपूर्ण अनुभव भएको सुवेदीले बताए।

यसअघि सुवेदीले बेलायतमा श्रीमद्भागवतम् आयोजना गरेर बचेको खाद्य सामग्री बेलायतस्थित एक फुड बैंकमा सहयोग गरेका थिए।

धेरै पढिएको