२१ पुष २०८२, सोमबार
Follow Us

बालेन र कुलमानसँगको एकतापछि रास्वपाको पहिलो बैठक आज

नेपालब्रिटेन संवाददाता
२० पुष २०८२, आईतवार ०६:२०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज (आइतबार) बस्दैछ । गत पुस १४ गते ऊर्जा मन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग पार्टी एकता भएपछि बस्न लागेको यो पहिलो बैठकलाई राजनीतिक वृत्तमा निकै महत्त्वका साथ हेरिएको छ ।

पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय चःमतिमा सुरु हुनेछ । बैठकमा सहभागिताका लागि केन्द्रीय समितिका सबै सदस्यहरूलाई अनिवार्य उपस्थितिको निर्देशन दिइएको छ ।

आजको बैठक मूलतः पार्टीको नयाँ समीकरण, सांगठनिक संरचनाको हेरफेर र समायोजनमा केन्द्रित रहनेछ । बालेन र कुलमानजस्ता प्रभावशाली व्यक्तित्वहरू पार्टीमा जोडिएपछि संगठनलाई कसरी विस्तार तथा सुदृढीकरण गर्ने भन्ने विषयमा गम्भीर छलफल हुने बताइएको छ ।

धेरै पढिएको