२१ पुष २०८२, सोमबार
Follow Us

दुर्घटना भएको विमान २ दिनपछि खोल्साबाट निकालियो

नेपालब्रिटेन संवाददाता
२० पुष २०८२, आईतवार १३:२९

काठमाडौँ। भद्रपुर विमानस्थलमा शुक्रबार राति ९:१० बजे रनवेबाट चिप्लिएको बुद्ध एयरको एटिआर-७२ विमानलाई सुरक्षित स्थानमा सार्ने तथा खोल्साबाट बाहिर निकालिएको छ ।

विमान स्थलका अनुसार जहाज सार्न प्रारम्भमा प्रयोग गरिएका १३ टन क्षमताका दुई वटा क्रेन पर्याप्त नभएपछि आइतबार विराटनगरबाट ५० टन क्षमताको क्रेन मगाएर विमान तान्ने काम भएको हो।

काठमाडौँबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ रहेको बुद्ध एयरको एटिआर-७२ जहाज अवतरणका क्रममा रन-वेको पूर्वतर्फ करिब ३०० मिटर ओभर रन भएर घाँसे झाडी हुँदै चिप्लिएर खोल्सामा पुगेको थियो। उक्त घटनामा परेर कोपाइलटसहित आधा दर्जन यात्रुहरू सामान्य घाइते बनेका थिए।

धेरै पढिएको