काठमाडौं । लगातार दुई कारोबार दिन घटेको शेयर बजार आज दोहोरो अंकले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २८ दशमलव ७३ अंकले बढेर २ हजार ६ सय ३९ दशमलव ३७ विन्दुमा पुगेको छ ।
आज सबै समूहको शेयर बढेकोमा उत्पादन समूहको शेयर सबैभन्दा धेरै ३ दशमलव ०५ प्रतिशतले उकालो लागेको छ । यस्तै विकास बैंक समूहको शेयर २ दशमलव ७० प्रतिशत, होटल समूहको शेयर २ दशमलव ५३ प्रतिशतले बढेको छ ।
आज सागर डिस्टिलरी, एसवाई प्यानल, श्रीनगर एग्रिटेक इन्डस्ट्रिज, बन्दीपुर केबलकार, रुरु जलविद्युत् परियोजना, बाराही हाइड्रोपाव कम्पनीको शेयर १० प्रतिशतले उकालो लागेको छ । समग्रमा बजार बढेको दिन स्ट्यान्डर्ड चार्टर्ड बैंकको डिबेन्चर र सप्तकोशी विकास बैंकको शेयर सबैभन्दा धेरै २ दशमलव ४९ प्रतिशतले ओरालो लागेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ५ अर्ब १ करोडको कारोबार भएकोमा आज ३ सय ३५ वटा कम्पनीका १ करोड २४ लाख कित्ता शेयर ६ अर्ब ४७ करोड रुपैयाँमा किनबेच भएको छ ।