२३ पुष २०८२, बुधबार
Follow Us

सुपर खुदी हाइड्रोपावरको आईपीओ आजदेखि बिक्री खुला

नेपालब्रिटेन संवाददाता
२२ पुष २०८२, मंगलवार ०६:३४

काठमाडौँ। सुपर खुदी हाइड्रोपावर लिमिटेडले आजदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकाहरूका लागि आईपीओ बिक्री तथा खुला गरेको छ ।

कम्पनीले जारी पूँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो । अंकित मूल्य १ सयका दरले कम्पनीले ३१ लाख कित्ता सेयर निष्कासन गर्नेछ ।

जसमा आयोजना प्रभावित स्थानीयका लागि १५ लाख ५० हजार कित्ता छुट्याइएको छ । शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल छ । आवेदकले न्यूनतम १० तथा अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

स्थानीयवासीले माघ ६ देखि २१ गतेसम्म आवेदन दिन सक्नेछन् । प्रभावितले बेसीशहरमा रहेका प्रभु बैंक, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक र प्राइम कमर्सियल बैंकका शाखाबाट आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

आयोजना प्रभावितको सेयर लमजुङको मर्स्याङ्दी गाउँपालिका २, ३ का स्थानीयका लागि ४० प्रतिशत र सोही गाउँपालिकाका वडा नम्बर १,४,५,६,७, ८ र ९ का स्थानीयका लागि ६० प्रतिशत सेयर छुट्याइएको छ ।

यस्तै, वैदेशिक रोजगारमा रहेकालाई १ लाख ५५ हजार कित्ता सेयर छुट्याइएको छ । वैदेशिक रोजगारमा रहेकाले पुस २५ देखि माघ ६ गतेसम्म अनलाइन प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

धेरै पढिएको