२४ पुष २०८२, बिहीबार
Follow Us

गगन–विश्वप्रकाशले आह्वान गरे कांग्रेसको विशेष महाधिवेशन

नेपालब्रिटेन संवाददाता
२३ पुष २०८२, बुधबार १३:५२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले पहिलोपटक औपचारिक रूपमा पार्टीको विशेष केन्द्रीय महाधिवेशन आह्वान गरेका छन् ।

बुधबार संयुक्त वक्तव्य जारी गर्दै दुवै महामन्त्रीले पार्टी विधानको पूर्ण पालना गर्दै कांग्रेसलाई जीवन्त, सुदृढ र समयसापेक्ष बनाउन विशेष महाधिवेशनमा सहभागी हुन सबैमा अपिल गरेका छन् ।

यसअघि असोजमा ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएका थिए ।

विशेष महाधिवेशन अभियन्ताहरूले यही पुस २७–२८ मा भृकुटीमण्डपमा महाधिवेशन आयोजना गर्ने तयारी तीव्र पारेका छन् ।

धेरै पढिएको