२७ पुष २०८२, आईतवार
Follow Us

नेपालीको जीवन सामान्य देखिए पनि असाध्यै संवेदनशील बिन्दुमा छौँ: राजेश हमाल

नेपालब्रिटेन संवाददाता
२७ पुष २०८२, आईतवार १२:५६

काठमाडौं । महानायक राजेश हमालले देश अहिले संवेदनशिल बिन्दुमा रहेको बताएका छन् । बिर्तामोडमा आईतवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालीहरुको जीवन सामान्य रुपमा अघि बढेको जस्तो देखिएपनि देश जटिल परिस्थितिमा रहेको उल्लेख गरे ।

उनले सरकार निर्वाचित जनप्रतिनिधिले नभइ चुनावी सरकारले सञ्चादन गर्नु विडम्बना भएको जिकिर गरे । उनले चुनौतिसँगै अवसर रहने तर चुनौतिको समाधान गर्नेकुरा आम नागरिककै हुने बताए । ‘अहिले राष्ट्र र नेपालीहरु जुन मोडमा छौं, यसो बाहिर हेर्दा जीवन सामान्य रुपमा अघि बढाउने प्रयास गरिरहे पनि असाध्यै संवेदनशिल बिन्दुमा उभिएका छौँ । हालै आन्दोलनपछि हामीले चुनेको प्रतिनिधिले यो राष्ट्र चुनिरहनुभएको छैन । यो राष्ट्रलाई चुनावी सरकारले सञ्चालन गरिरहेको छ । त्यो विडम्वना हो । राष्ट्र संवेदनशिल परिस्थितिबाट गुज्रिरहेको छ’ उनले भने ।

नेपाली जनता भन्दा शक्तिशाली अरु कोही नरहेको बताए । उनले विगतमा नेतृत्व गर्नेहरु पनि जनताबाट नै चुनिएर आएको बताए ।भविष्यमा कस्तो व्यक्तिलाई देशको जिम्मेवारी दिने भन्नेकुरा पनि आम नागरिककै हातमा रहेको बताए ।

धेरै पढिएको