१९ माघ २०८२, सोमबार
Follow Us

कांग्रेस विशेष महाधिवेशन : मधेश प्रदेशबाट सबै भन्दा धेरै, जनसम्पर्कबाट १९५ प्रतिनिधि

नेपालब्रिटेन संवाददाता
२७ पुष २०८२, आईतवार १६:०२

२६ सय ६२ ले दर्ता गराए नाम

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा २६ सय ६२ प्रतिनिधिले नाम दर्ता गराएका छन् । आइतबार काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशनको उद्घाटन गरिएको थियो । बन्दसत्र भने भोलि (सोमबार) हुनेछ ।

दोस्रो विशेष महाधिवेशन सचिवालयले विज्ञप्ति जारी गर्दै प्रदेशगत र भातृ शुभेच्छुक एवं जनसम्पर्क समितिबाट आएका प्रतिनिधिले नाम दर्ता गराएकाे जनाएकाे छ ।

कोसीबाट ४२५, मधेसबाट ४४६, वाग्मतीबाट ४३२, गण्डकीबाट २९६, लुम्बिनीबाट ३९८, कर्णालीबाट १३४, सुदूरपश्चिमबाट १५८, उपत्यकाबाट १७८ र भातृ, शुभेच्छुक र जनसम्पर्कबाट १९५ प्रतिनिधिले नाम दर्ता गराएका हुन् ।

धेरै पढिएको