३० पुष २०८२, बुधबार
Follow Us

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई कारबाही

नेपालब्रिटेन संवाददाता
३० पुष २०८२, बुधबार ११:३६

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा अनुशासन सम्बन्धीको कारबाही गर्ने निर्णय गरेको छ । सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वयका साथै केही नेताहरुलाई कारबाही गर्ने निर्णय गरेको हो ।

त्यसै गरी बैठकले सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गर्ने निर्णय गरेको छ । बैठकले तीनै जनालाई ५ वर्षका लागि पार्टीबाट अनुशासनको कारवाही गर्दै निलम्बन गर्ने निर्णय गरेको हो ।

वार्ताका लागि पटकपटक लचकता प्रदर्शन गर्ने र पार्टी एकताका लागि अन्तिमसम्म प्रतिक्षा गरिरहँदा पनि सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले कारबाही गरेपछि विशेष महाधिवेशन पक्षधर नयाँ कार्यसमिति गठन गर्ने बाध्यकारी अवस्थामा पुगेका छन्।

देशभरिबाट आएका ६३% भन्दा बढी महाधिवेशन प्रतिनिधिहरुले नयाँ नेतृत्व चयन गर्नुपर्ने दबाब दिइरहे पनि महामन्त्रीद्वय थापा र शर्माले वार्तालाई प्राथमिकता दिँदै आउनुभएको थियो।

वार्तालाई वेवास्ता गर्दै देउवा पक्षले असहिष्णु व्यवहार गरेपछि विशेष महाधिवेशन पक्षधरले नयाँ कार्यसमिति गठन गर्ने तयारी गरेको छ।
काठमाडौँको भृकुटीमण्डपमा पुस २७ गतेदेखि भइरहेको विशेष महाधिवेशन अन्तर्गत अहिले सर्वसम्मत नयाँ कार्यसमिति गठन गर्ने गृहकार्य भएको छ ।

धेरै पढिएको