५ फाल्गुन २०८२, मंगलवार
Follow Us

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

नेपालब्रिटेन संवाददाता
४ माघ २०८२, आईतवार ०५:२९

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा ६ सय रुपैयाँले बढेर दुई लाख ७७ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार सुन प्रतितोला दुई लाख ७७ हजार २ सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला पाँच हजार ६ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला पाँच हजार ६ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

धेरै पढिएको