४ माघ २०८२, आईतवार
Follow Us

धरानका मेयर हर्क साम्पाङले दिए राजीनामा

नेपालब्रिटेन संवाददाता
४ माघ २०८२, आईतवार १३:५५

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पदबाट राजीनामा दिएका छन् ।

मेयर साम्पाङले आज अबेर उपमेयर आइन्द्रविक्रम बेघा समक्ष आफ्नो राजीनामा पत्र बुझाएका हुन् । यसअघि राजीनामा बुझाउन आउने बताएका राईलाई उपमेयर बेघाले दिनभर प्रतीक्षा गरेका थिए ।

राजीनामा पत्रमा साम्पाङले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुन पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।

धेरै पढिएको