२६ फाल्गुन २०८२, मंगलवार
Follow Us

दुर्गा प्रसाईं पक्राउ, काठमाडौँ ल्याउने तयारी

नेपालब्रिटेन संवाददाता
५ माघ २०८२, सोमबार १२:१७

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्। उनलाई प्रहरीले पोखराबाट पक्राउ गरेको हो ।

कांग्रेसको विषेश महाधिवेशन पक्षधरले निर्वाचन आयोगलाई ५२ करोड रुपैयाँ दिएको अभिव्यक्ति दिएका प्रसाइँले पैसा लगानी गरेर सरकारी वेबसाइड ह्याक गरेर डाटा चोरी गर्न अपराधको गम्भीर योजना बनाएको अडियोसमेत सार्वजनिक भएको थियो ।

प्रसाईँलाई पक्राउ गरी अनुसन्धान गर्न निर्वाचन आयोगले पत्राचारसमेत गरेको थियो । राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियानका संयोजकसमेत रहेका प्रसाईं सोमबार कार्यक्रमका लागि पोखरा आएका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंको मानिस पक्राउ गरी उपस्थित गराइदिन पठाएको पत्रानुसार कास्की प्रहरीले उनलाई पक्राउ गरेको हो । उनलाई काठमाडौं ल्याउने तयारी गरिएको छ ।

धेरै पढिएको