काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीलाई तोकेका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल तथा युवा तथा खेलकुद मन्त्री बल्बु गुप्ताले प्रधानमन्त्रीसमक्ष राजीनामा दिएसँगै रिक्त भएका तीनवटै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्कीलाई तोकिएको हो ।
राजीनामापछि खाली भएका मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री कार्कीले नै सम्हाल्ने गरी तोकिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
