११ माघ २०८२, आईतवार
Follow Us

केपी ओलीसँग मञ्च शेयर नगर्ने बालेनको घोषणा

नेपालब्रिटेन संवाददाता
११ माघ २०८२, आईतवार ०६:०२

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको सरगर्मीसँगै शीर्ष नेताहरूबीच ‘पब्लिक डिबेट’ गर्ने विषयले राजनीतिक वृत्तमा नयाँ तरङ्ग पैदा गरेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक बहसका लागि आफू तयार रहेको घोषणा गरेलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन शाहले उनीसँग एउटै मञ्चमा उभिन अस्वीकार गरेका छन् ।

अध्यक्ष ओलीले आइतबार सामाजिक सञ्जालमार्फत देशको नेतृत्व गर्न खोज्ने दल र उम्मेदवारहरूबीच एजेन्डा, विगतका काम र भविष्यको मार्गचित्रबारे आमने-सामने बहस हुनु सकारात्मक हुने बताएका थिए । ओलीले भनेका छन्, ‘देश बनाउने र देश जलाउने शक्तिबीच प्रतिस्पर्धा भइरहेको छ । प्रधानमन्त्रीका दाबेदार सबै पक्षलाई एउटै मञ्चमा ल्याइए म आफ्नो एजेन्डा र योजनासहित उपस्थित हुन तयार छु ।’

ओलीको उक्त प्रस्ताव सार्वजनिक भएलगत्तै झापा क्षेत्र नं. ५ बाट उनीसँगै चुनावी प्रतिस्पर्धामा रहेका नेता बालेन शाहले कडा प्रतिक्रिया दिएका छन् । शाहले ओलीको प्रस्तावलाई सामाजिक सञ्जालमार्फत नै जवाफ दिँदै आफू ओलीसँगको बहसलाई बहिष्कार गर्ने अडान व्यक्त गरेका हुन् ।

शाहले विगतका हिंसात्मक घटनाहरूलाई जोड्दै गम्भीर नैतिक प्रश्न उठाएका छन् । उनले भनेका छन्, ‘बालबालिकाको हत्या र हिंसात्मक इतिहासको भारी बोकेकाहरूसँग एउटै मञ्चमा उभिनु भनेको ती कार्यमा मेरो पनि सहमति रहनु जस्तै हो ।’

धेरै पढिएको