काठमाडौँ । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको छ । ६ माघमा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता भएदेखि नै सेयर बजार निरन्तर उकालो यात्रामा छ ।
आइतबार सेयर बजार मापक नेप्से ५७.५५ अंकले बढेर २७७२ मा पुगेको छ । गत १२ भदौमा नेप्से २७८१ बिन्दुमा थियो । आइतबार १३ अर्ब ७८ करोड बराबरको सेयर कारोबार भयो । कारोबार रकम पनि सात महिना यताकै उच्च हो ।
आइतबार २ सय ४० कम्पनीको सेयरमूल्य बढेको छ भने १९ वटाको घटेको छ । एक कम्पनीको मूल्य स्थिर छ । ९ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आँखुखोला जलविद्युतको सर्वाधिक कारोबार भएको छ ।