बेल्जियम । बेल्जियममा क्रियाशिल सामाजिक संस्था नेपाली मिलन केन्द्र आन्त्वेर्पेनको नयाँ नेतृत्व चयन भएको छ । केन्द्रको आठौं अधिवेशनले ललितकुमार पोखरेलको नेतृत्वमा सर्वसम्मत नयाँ नेतृत्व चुनेको हो ।
कार्यसमितिको उपाध्यक्षमा उपाध्यक्षमा कविता सिंखडा दाहाल र विमला अधिकारी तथा महासचिवमा ध्रुव सिंखडा चयन भए । यस्तै बिना खतिवडा सचिव, अनिता दवाडी कोषाध्यक्ष र भगवती पहारी सहकोषाध्यक्ष निर्वाचित भएको केन्द्रले जनाएको छ ।
केन्द्रले बेल्जियममा समस्यामा परेका नेपालीलाई सहायता गर्नुका साथै नेपालमा भूकम्प, बाढीपहिरो तथा प्राकृतिक विपत्तिबाट प्रभावितलाई आर्थिक र भौतिक सहयोग गर्दै आएको छ । आगामी दिनमा पनि विगतका परोपकारी कार्यलाई निरन्तरता दिइने केन्द्रकी नवनिर्वाचित उपाध्यक्ष दाहालले बताइन् ।