२० माघ २०८२, मंगलवार
Follow Us

श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या

नेपालब्रिटेन संवाददाता
२० माघ २०८२, मंगलवार ०४:२८

काठमाडौँ । मोरङमा एक युवकले मंगलबार बिहान श्रीमतीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।

रंगेली नगरपालिका–५ बहुवनका अन्दाजी २१ वर्षीय मुकेशकुमार मण्डलले रंगेली–५ धनपट्टीस्थित ससुराली घर पुगेर श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङका सुचना अधिकारी एंव प्रहरी नायव उपरिक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

उनका अनुसार सोमबार बेलुका धनपट्टीस्थित ससुराली घरमा पुगेका थिए । ससुराली घरमै श्रीमती अन्दाजी २१ वर्षीया अम्बिकाकुमारी मण्डलको हत्या गरेर आफूले पनि आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको उनले बताए । ‘श्रीमानले चक्कुले प्रहार गर्दा अम्बिकाकुमारीको घटनास्थलमै मृत्यु भएको हो ।’ श्रीमतीको मृत्यु भएपछि मुकेशले पनि त्यही चक्कुले आफ्नो घाँटी रेटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ’, लामिछानेले प्रशासनलाई भने, ‘घटना बिहान पौने तिन बजेतिरको हो । बाँकी अनुसन्धान भईरहेको छ ।’

उनक अनुसार घरेलु विवादका क्रममा कुटपिट गर्दै मुकेशले अम्बिकाकुमारीलाई चक्कुले प्रहार गरेका हुन् । ‘उनीबीचमा कस्तो विवाद भएको हो भनेर यकिन छैन,’ उनले भने – मुकेशको पनि घटनास्थलमै मृत्यु भएको हो । दुवै जनाको शव हाल घटनास्थलमै छ । घटनास्थल पुगेको प्रहरी टोलीले मुचुल्का उठाउने लगायतका कानुनी प्रक्रिया पूरा गर्ने काम गरिरहेको प्रहरीले जनाएको छ ।

धेरै पढिएको