काठमाडौँ । देशभरका ४३ जिल्लामा नेपाली सेनाले निर्वाचन सामग्री पुर्याएको छ । निर्वाचन पूर्वको काम अन्तर्गत नेपाली सेनाले अहिले निर्वाचन सामग्रीहरूको ढुवानी गरिरहेको छ ।
नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले अहिलेसम्म ४३ जिल्लाहरूमा निर्वाचन सामग्री पुगिसेकेको जानकारी दिए । उनले भने, ‘४३ जिल्लामा निर्वाचन सामग्रीहरू पुगिसेकका छन् ।
बाँकी जिल्लाहरूमा पनि जाने क्रममै छन् ।’ उनका अनुसार १२ जिल्लाहरुमा अहिले निर्वाचन सामग्रीहरू लाने क्रम भइरहेको छ । त्यसपछि बाँकी रहेका २२ जिल्लाहरूमा निर्वाचन सामग्रीहरू पुग्नेछन् ।