१ चैत्र २०८२, आईतवार
Follow Us

राति सवा १ बजे धादिङमा बस दुर्घटना : १७ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
१० फाल्गुन २०८२, आईतवार २२:५६

काठमाडौं । पोखराबाट काठमाडौं आउँदै गरेको बस धादिङमा दुर्घटनामा पर्दा १७ जनाको मृत्यु भएको छ ।

बस राति सवा १ बजे दुर्घटनामा परेको थियो ।

धादिङका सहायक प्रमुख जिल्ला अधिकारी मोहन निरौलाले दिएको जानकारीअनुसार काठमाडौं आउँदै गरेको ग १ ख १४२१ नम्बरको बस बेनीघाट, ५ धुन्सेगौडामा दुर्घटनामा परेको हो ।

उनका अनुसार बसमा ४० जति यात्रु रहेको आशंका गरिएको छ ।

निरौलाले अहिलेसम्म १७ जनाको मृत्यु भएको जानकारी दिँदै आफू घटनास्थलतर्फ जाँदै गरेको बताए ।

धेरै पढिएको