२० फाल्गुन २०८२, बुधबार
Follow Us

निर्वाचनका लागि मतदाता गाउँ फर्किएसँगै काठमाडौं उपत्यकाका सडक सुनसान

नेपालब्रिटेन संवाददाता
२० फाल्गुन २०८२, बुधबार ०६:०३

काठमाडौं । आसन्न निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यकामा रहेका अधिकांश नागरिकहरू आफ्नो गृहजिल्ला फर्किएपछि राजधानीका सडकहरू सुनसान बनेका छन् ।

सधैँ सवारीसाधनको चाप र ट्राफिक जामले अस्तव्यस्त हुने काठमाडौंका मुख्य सडकहरूमा अहिले फाट्टफुट्ट मात्र सवारीसाधन गुडेको देख्न सकिन्छ । दशैँ–तिहार जस्ता ठूला चाडपर्वमा जस्तै अहिले पनि उपत्यका छोड्नेको संख्या उल्लेख्य रहेको छ । नयाँ बसपार्क, कोटेश्वर, कलंकी, र बल्खु लगायतका नाकाहरूबाट विगत केही दिनयता दैनिक हजारौँको संख्यामा यात्रुहरू बाहिरिएका छन् । निर्वाचन आयोगले मतदानको लागि सार्वजनिक बिदा दिएको र धेरैजसो विद्यालय, कलेज तथा कार्यालयहरू पनि बन्द भएकाले विद्यार्थी र कर्मचारीहरू गाउँ फर्किएका हुन् ।

सार्वजनिक यातायात कम चल्दा उपत्यकामै रहेका र अत्यावश्यक काममा निस्कनुपर्ने नागरिकलाई भने आवतजावतमा केही सास्ती भएको छ । मतदान सम्पन्न भएर सार्वजनिक बिदा सकिएपछि मात्रै उपत्यकामा पुनः चहलपहल बढ्ने र जनजीवन सामान्य अवस्थामा फर्किने अनुमान छ ।

धेरै पढिएको