काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले १८ वर्षपछि रोल्पाबाट मतदान गरेका छन् ।
विगतमा चुनाव बहिष्कार गर्दै आएका विप्लवले यसपटकको चुनावमा उनको पार्टीले भाग लिएपछि मतदान गरेका हुन् ।
विप्लवले परिवर्तन गाउँपालिका–३ थुनिकोट बाल शिक्षा माविको ‘क’ केन्द्रमा मतदान गरेका छन् ।
मतदान गर्न उनी बुधबार जन्म गाउँ इरिबाङ पुगेका थिए । पछिल्लो समय कपिलवस्तु बस्दै आएका उनी चुनावी प्रचारको समयमा समेत रोल्पा आएका थिए ।
रोल्पा क्षेत्र–१ बाट उनको पार्टीबाट पोलिटब्युरो सदस्य चुडामणि वली चुनावी मैदानमा छन् ।